२०८२ माघ ५ गते , सोमबार

विदेश पठाउने भन्दै १४ करोड ठगी गरेको आरोपमा अग्रवाल पक्राउ

sajilo news
झापा
२०८२ मंसीर १६ गते , मंगलबार
विदेश पठाउने भन्दै १४ करोड ठगी गरेको आरोपमा अग्रवाल पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै १४ करोड १३ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने ५२ वर्षीय शम्भु दयाल अग्रवाल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। 

पक्राउ परेका शम्भुले विभिन्न देश पठाइदिने भन्दै पीडितहरूबाट १४ करोड १३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूको उजुरी दिएका थिए। उजुरीका आधारमा आइतबार उनलाई पक्राउ गरिएको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको वैदेशिक रोजगार विभाग पठाइएको छ। 

सम्बन्धित समाचार