२०८२ माघ ५ गते , सोमबार

स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित एकजना पक्राउ

sajilo news
झापा
२०८२ मंसीर १८ गते , विहीबार
स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित एकजना पक्राउ

 

मोरङको विराटनगर महानगरपालिका-१७ स्थित मटेरुवाबाट स्रोत नखुलेको अवैध रकमसहित एक जना पक्राउ पक्राउ परेका छन् ।

हिजो कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकल चालक विराटनगर महानगरपालिका-१८ का रवि शाहले साथमा लुकाइछिपाई राखेको स्रोत नखुलेको ६ लाख ४९ हजार ५ सय नेपाली रुपैयाँ सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीमा राखेर आवश्यक थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार