२०८२ माघ ५ गते , सोमबार

सुनसरीमा सफारी चालकको हत्या आरोपमा ७ जना पक्राउ

sajilo news
सुनसरी
२०८२ मंसीर २२ गते , सोमबार
सुनसरीमा सफारी चालकको हत्या आरोपमा ७ जना पक्राउ

रामधुनी नगरपालिका–२, कर्मनिया टोलमा सिटी सफारी चालकको हत्यामा संलग्न भएको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असोजमा रामधुनीको भित्री सडकखण्डमा प्र–१–०२–००४ ह ७८०४ नम्बरको सफरीका चालक ४५ वर्षीय दिनेशकुमार चौधरीको गोली हानी हत्या भइको थियो।

चौधरी आफ्नो सवारीसहित उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनका बायाँ छातीमा गहिरो चोट रहेको र शरीरबाट अत्याधिक रगत बगेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

प्रहरी स्रोतले घटनामा संलग्न सातै जना व्यक्तिलाई सुनसरी र सप्तरीका विभिन्न स्थानबाट पक्राउ  गरिएको जनाएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले आज पत्रकार सम्मेलन गरी हत्या प्रकरणबारे विस्तृत विवरण सार्वजनिक गर्ने र पक्राउ परेकालाई सार्वजनिक गर्ने तयारी भएको बताए । सुरक्षाका लागि चुनौती बनेको यो घटनाले रामधुनी क्षेत्रलाई त्रसित बनाएको छ ।  स्थानीयले  घटना छानबिनमा कडाइ गरि सबै अभियुक्तलाई पक्राउ गर्न माग गरेका छन्।

सम्बन्धित समाचार