२०८२ माघ ५ गते , सोमबार

झापामा जन्तीसँग नाच्ने क्रममा विवादपछि कुटपिट, पाँच जना घाइते

sajilo news
झापा
२०८२ मंसीर २४ गते , बुधबार
झापामा जन्तीसँग नाच्ने क्रममा विवादपछि कुटपिट, पाँच जना घाइते

झापाको कनकाईमा विहेघरमा नाच्ने विषयमा विवाद भई कुटपिट हुँदा पाँच जना घाइते भएका छन् । गएराति ११ बजे कनकाई नगरपालिका-२ सुकेडाँगी बस्ने धनबहादुर लिम्बूको घरमा वैवाहिक कार्यक्रममा जन्ती आएकोमा जन्तीसँग नाच्ने क्रममा एक आपसमा झैँ–झगडा तथा कुटपिट भएको हो ।

कुटपिटबाट कनकाई-३ बस्ने वर्ष १८ का युकेश न्यौपाने ( चिउँडोमा चोट, अवस्था सामान्य), कनकाई-२ बस्ने वर्ष १८ का मनिष श्रेष्ठ ( टाउको, चिउँडो, दाहिने हातमा चोट, अवस्था सामान्य) ,कनकाई-३ बस्ने वर्ष १८ का प्रिन्स ठकुरी ( भित्री चोट, अवस्था सामान्य) , कनकाई -३ बस्ने वर्ष १८ का आदित्य चिमरिया ( टाउकोमा चोट, अवस्था मध्यम ) र कनकाई-२ बस्ने वर्ष ३४ का भीम राई ( टाउकोमा चोट) घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागि कनकाई नगर अस्पताल सुरुङ्गा पठाइएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय सुरुगांबाट खटिएको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचार