झापा-३ मा काँग्रेसबाट प्रत्यक्षमा ८ जनाको नाम सिफारिस
फागुन २१ गते हुन लागेको निर्वाचनका लागि नेपाली कांग्रेसले झापा क्षेत्र नं ३ बाट प्रत्यक्ष र समानुपातिकतर्फ गरी १९ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
नेपाली काँग्रेस क्षेत्र नं ३ ले प्रत्यक्षतर्फ नवीन बिमली , भगीरथ पोद्धार , श्याम सिटौला , शर्मिला अधिकारी , सीताराम खड्का , टीकाराज ढकाल , राजेन्द्र घिमिरे र देउप्रसाद लिम्बू गरी ८ जनाको नाम पठाएको छ ।
त्यस्तै समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरिएको छ । सुशीला ढकाल , बडाराम हेमरम , लालबहादुर कन्दङ्वा , सीता तामाङ , खड्गप्रसाद राजवंशी , कृष्णकली राजवंशी , हरिकृष्ण घोष , सीता भट्टराई , लता कार्की , उर्मिला गौतम र सेलेतुन खातुनको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति गणेश पोखरेलले बताए ।
त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि दयानन्द गोस्वामी , ओम सरावगी र प्रेमविक्रम भट्टराईको नाम पठाइएको क्षेत्रीय सभापति पोखरेलले जानकारी दिएका छन् ।