सचेतना अभियान चलाएपनि मधेशमा आत्महत्याको अवस्था भयावह
झापा । मधेश प्रदेशमा आत्महत्या गर्नेको संख्या तीब्ररुपमा बृद्धि भईरहेको छ । एक वर्ष यता मात्रै १ हजार २ सय २२ जनाले आत्महत्या गरेको तथ्याँक सार्वजनिक भएको छ ।
यसले आत्महत्याको घटना न्युनिकरण तथा बेलैमा ध्यान दिनु पर्ने आवश्यक्ता समेत देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय जनकपुरद्वारा राजविराजमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक तथ्याँक अनुसार आत्महत्याबाट आ.ब.२०७८–०७९ मा १ हजार १८ आ.ब.७९–०८० मा १ हजार ६९ आ.ब.०८०–०८१ मा १ हजार २ सय ८० आ.ब ०८१–०८२ मा १ हजार २ सय २२ गरी ४ वर्षे अवधीमा ४ हजार ५ सय ८९ जनाले ज्यान गुमाएका छन । जसमा महिलाको संख्या अत्यधिक छ ।
आत्महत्याका क्रममा विषादी सेवन, झुण्डिएर, आगोलगाएर, पानीमा हामफालेर लगायतका विधी प्रयोग गरिएको पाइएको बताइएको छ । आत्महत्याको दर बढ्ने क्रम जारी रहँदा सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन । आर्थिक समस्या देखी प्रेम सम्बन्ध, पारिवारीक कलह, बेरोजगारी, मानसिक तनाव, असफलता लगायतका विविध कारणले आवेशमा आई आत्महत्याको बाटो रोज्ने गरेको पाइएको चिकित्सक र अधिकारकर्मीहरुको भनाई छ ।
समाजिक, आर्थिक, पारिवारीक र मानसिक हिसाबले सम्पन्न र स्वस्थ न हुदा आत्महत्याका घटना बढने गरेको डा.कालि प्रसाद यादवको भनाइ छ । आफ्नो अवस्था प्रति पनी निराशा बढेर आत्महत्या गर्ने निर्णयमा पुग्नेको संख्या पनि अत्यधिक रहेको महिला अधिकारकर्मी एवं मधेशी आयोगकी सदस्य आभा सेतु सिंहको भनाई छ ।
“समय मै परिवारका सदस्यले वा नजिकका साथी–भाईले त्यस्ता ब्यक्तीको संकेत बुझेर गम्भिर पहल गर्ने हो भने धेरै हद सम्म आत्महत्याका घट्ना टार्न सकिन्छ, उनले भनिन–यस तर्फ पनि सचेतना आवश्यक्त भएको छ । आत्महत्याका घटना बढदै गएपछी यसको न्यूनीकरणका लागी प्रहरीले समय समयमा सचेतना अभियान चलाएपनि आत्महत्याको दर बढ्ने क्रम नरोकिनु दुःखद भएको मनोचिकित्सकहरु बताउँछन । यसका लागी नयाँ सोच र नयाँ ढंगले अघि बढ्नु पर्ने उनीहरुको सुझाव छ । यो खबर राजधानी दैनिकमा छ ।