२०८२ माघ ५ गते , सोमबार

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तामाङ पक्राउ

sajilo news
झापा
२०८२ मंसीर २७ गते , शनिबार
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तामाङ पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी आरोपमा बिर्तामोड- ४ का ५१ वर्षीय पदम तामाङ पक्राउ परेका छन् । वैदेशिक रोजगार विभागको पत्रको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उनलाई हिजो दिउँसो पक्राउ गरेको हो । उनलाई अनुसन्धान तथा कारबाहीका लागि हिजै साँझ प्रहरी वृत्त कालीमाटी काठमाण्डौमा बुझाइएको छ।

यसैबीच म्यानपावरमा झगडा गरेको विषयमा बिर्तामोडमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड ६ बस्ने वर्ष ३१ का विवेक चुँडाल र बिर्तामोड २ बस्ने वर्ष ३१ का प्रकाश ठाकुर रहेका छन् । उनीहरूलाई हिजो साँझ बिर्तामोड १ स्थित पश्चिम स्टेण्डबाट पक्राउ गरिएको हो ।

सम्बन्धित समाचार