२०८२ माघ ५ गते , सोमबार
शान्त जीवन सुधार केन्द्र झापाबाट ७ जना भागेपछि...
झापाको कमल गाउँपालिका-५ पाडाजुँगीस्थित शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार भएका छन् ।उपचारका लागि ल्याएका उनीहरू हिजो साँझ ७ बजे सोही सुधार केन्द्रको मूल गेटको पर्खाल नाघेर भागेका हुन् ।
भाग्नेहरूमा दमक १बस्ने वर्ष २१ का नवीन क्षेत्री ,दमक ८बस्ने वर्ष १७ का जेम्स धिमाल ,कमल ४ बस्ने वर्ष २६ का किरण राई ,कमल ५बस्ने वर्ष ३१का अर्जुन लिम्बू , सोही ठाउँ बस्ने वर्ष २३ का मनिष मगर, गौरादह १बस्ने वर्ष २३ का सन्दीप जैरु र कमल ३बस्ने वर्ष २० का एक्सन लिम्बू रहेका छन् । घटनाबारे जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएर खोजी भइरहेको जनाइएको छ ।