२०८२ माघ ५ गते , सोमबार

कम्बोडियामा थाइल्याण्डको बमबारी जारी

sajilo news
एजेन्सी
२०८२ मंसीर २७ गते , शनिबार
कम्बोडियामा थाइल्याण्डको बमबारी जारी

युद्धविरामपछि पनि थाइल्याण्डले आफ्नो भूमिमा बमबारी जारी राखेको कम्बोडियाले आरोप लगाएको छ। कम्बोडियाको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा पोस्ट गर्दै थाइ सेनाले दुईवटा एफ-१६ लडाकु विमान प्रयोग गरी सातवटा बम खसालेको जनाएको छ। 

अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पले हिजो मात्रै थाइल्याण्ड र कम्बोडियाबीच युद्ध रोक्ने सहमति भएको बताको थियो। कम्बोडियाका अनुसार थाइ सेनाले निरन्तर आक्रमण जारी राखेको छ। योसँगै थाइल्याण्ड र कम्बोडियामाथि हिंसात्मक द्वन्द्व छैटौँ दिनमा प्रवेश गरेको छ। सोमबारदेखि शुरु भएका पछिल्ला सीमापार झडपहरूमा दुवै देशका कम्तीमा २० जना सर्वसाधारण र सैनिकको ज्यान गएको छ भने करिब २०० जना घाइते भएका छन्। 

विवादको केन्द्र बनेको ८ सय किलोमिटर लामो थाइल्याण्ड-कम्बोडिया सीमावर्ती क्षेत्रमा रहेको शताब्दीयौँ पुराना मन्दिरहरूको स्वामित्वलाई लिएर उत्पन्न यो द्वन्द्वका कारण दुवै पक्षबाट करिब ६ लाख मानिस विस्थापित भएका छन्।

सम्बन्धित समाचार