२०८२ माघ ५ गते , सोमबार
एमाले महाधिवेशनको 'फेक तस्वीर' बढी चर्चामा
नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन सत्रको भाषणभन्दा एमालेकै नेता कार्यकर्ताहरूले एआइबाट निर्माण गरी सामाजिक सञ्जालमा राखिएको फेक तस्वीर बढी चर्चामा आएको छ। आज उक्त तस्वीर उद्घाटनसत्रमा धेरै मास रहेको देखाउन प्रयोग भएको थियो। यसअघि एमालेले ३ लाख उतार्ने घोषणा गरिसकेको थियो।
एमाले नेता महेश बस्नेत, एमाले पोलिटब्यूरो सदस्य शान्ता चौधरी, प्रेस चोतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायतले उक्त तस्वीर शेयर गरेका थिए।
उनीहरूबाट तानेर एमालेका धेरै कार्यकर्ताहरूले सामाजिक सञ्जालमा राख्दा तस्वीर भाइरल भएको थियो। तर सञ्चालमा व्यापक आलोचना भएको छ।
ड्रोनबाट खिचिएको भनिएको उक्त तस्वीर सुरुमा वचन राज जोशी नामको फेसबुक प्रयोगकर्ताले उनको नामको वाटरमार्क राखेरै प्रचार गरेका थिए। तर उक्त तस्वीर निर्माणमा एआईको सहारा लिइएको पाइएको छ।