‘सैयारा’ बन्यो सन् २०२५ को लोकप्रिय भारतीय फिल्म
सन् २०२५ मा भारतीय चलचित्रमा ‘सैयारा’ सर्वाधिक लोकप्रिय चलचित्र बनेको छ । सन् २०२५ भारतीय फिल्म क्षेत्रका लागि खास रह्यो । थिएटरदेखि ओटिटी प्लाटफर्मसम्म फिल्म प्रभावशाली देखिए ।
‘छावा’ को क्रेजसँगै सुरु भएको बलिउडको वर्ष अहान पाण्डे र अनित पड्डा स्टारर ‘सैयारा’ सम्म आइपुग्दा उत्कर्षमा रह्यो । आर्यन खान निर्देशित नेटफ्ल्क्सि शृंखला ‘ब्याड्स अफ बलिउड’ ले अफस्क्रिनमा पनि चर्चा पायो ।
यस्तै, विश्व फिल्मको डेटा राख्ने पोर्टल आइएमडिबीले सन् २०२५ का लोकप्रिय भारतीय फिल्महरूको सूची सार्वजनिक गरेको छ । लोकप्रिय शीर्ष १० भारतीय चलचित्रको पहिलो नं. मा ‘सैयारा’, दोस्रोमा ‘महाअवतार नरसिंहा’, तेस्रोमा ‘छावा’, चौथोमा ‘कान्तारा : अ लिजेन्ड च्याप्टर १’, पाँचौंमा ‘कुली’, छैटौंमा ‘ड्रागन’, सातौंमा ‘सितारे जमीन पर’, आठौंमा ‘देवा’, नवौंमा ‘रेड २’ र दशौंमा ‘लोका च्याप्टर १ : चन्द्र’ रहेका छन् ।
यस्तै, लोकप्रिय शीर्ष १० भारतीय शृंखलाको पहिलो नं. मा ‘द ब्याड्स अफ बलिउड’, दोस्रोमा ‘ब्ल्याक वारेन्ट’, तेस्रोमा ‘पाताल लोक सिजन २’, चौथोमा ‘पञ्चायत सिजन ४’, पाँचौंमा ‘मण्डला मडर्स’, छैटौंमा ‘खौफ’, सातौंमा ‘स्पेसल ओपिएस सिजन २’, आठौंमा ‘खाकी : द बंगाल च्याप्टर’, नवौंमा ‘द फेमिली म्यान सिजन ३’ र दशौंमा ‘क्रिमिनल जस्टिस अ फेमिली म्याटर’ रहेका छन् ।