२०८२ माघ ५ गते , सोमबार

सुनको मूल्य २ लाख ६० हजार नाघ्यो

sajilo news
झापा
२०८२ मंसीर २९ गते , सोमबार
सुनको मूल्य २ लाख ६० हजार नाघ्यो

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पछिल्लो समय लगातार वृद्धि भइरहेको सुन सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा १९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७०० पुगेको हो।

आइतबार २ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार ८०० पुगेको  थियो।यस्तै चाँदीको भाउ पनि वृद्धि भएको छ। आइतबारको तुलनामा ४५ रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य ३ हजार ८७० कायम भएको महासंघले जनाएको छ। आइतबार एक तोला चाँदी  ३ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भएको  थियो।

सम्बन्धित समाचार