२०८२ माघ ५ गते , सोमबार
बिर्तामोडकी एक महिला बैङ्किङ कसुर मुद्दामा पक्राउ
बिर्तामोड चारपानेकी एक महिला बैङ्किङ कसुर मुद्दामा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बिर्तामोड-२ चारपाने बस्ने ४२ वर्षीया प्रीति थापा रहेकी छन् । हिजो साँझ बिर्तामोड- ५ बीएण्डसी अस्पताल नजिकै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाको पत्र आदेशले बैङ्किङ कसुर सम्बन्धी चालु मुद्दाका प्रतिवादी थापालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जनाइएको छ ।