२०८२ माघ ५ गते , सोमबार

एमालेको महाधिवेशन : विद्युतीय मेसिनबाट मतदान सुरु, ओली र पोखरेलले गरे मतदान

sajilo news
झापा
२०८२ पौष २ गते , बुधबार
एमालेको महाधिवेशन : विद्युतीय मेसिनबाट मतदान सुरु, ओली र पोखरेलले गरे मतदान

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।  समूहगत प्यानल बनाएर केपी शर्मा ओली र ईश्वर पोखरेलको प्यानल चुनावी मैदानमा उत्रिएको छ। आज सुरुमा एमाले अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेलले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरेका हुन्।

अध्यक्षका उम्मेदवारद्वय ओली र पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरूलाई मतदानका लागि पठाइएको छ। मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका हुन् । एमालेले ८० वटा मेसिनमार्फत २२६३ प्रतिनिधिका लागि मतदानको व्यवस्था गरेको छ।

मंगलबार बेलुकाबाट हुने भनिएको मतदान आजको लागि सरेको हो। महाधिवेशन प्रतिनिधिसँगै उम्मेदवारहरु मत मागिरहेका छन्। आइतबार उम्मेदवारी दर्ता भए पनि प्यानलको अन्तिम टुंगो भने सोमबार मात्रै लागेको हो।

सम्बन्धित समाचार