२०८२ माघ ५ गते , सोमबार

डाबर नेपालको महमा अखाद्यबस्तु भेटिएपछि...

sajilo news
पत्रपत्रिका
२०८२ पौष २ गते , बुधबार
डाबर नेपालको महमा अखाद्यबस्तु भेटिएपछि...

वीरगन्ज । लिपनीमाल बारामा रहेको अन्तराष्ट्रिय मल्टिनेशनल कम्पनी डाबर नेपालले उत्पादन गरेको महमा अखाद्यबस्तु फेला परेको छ । बालबालिका वृद्धवृद्धाले समेत औषधीयगुणका रुपमा खाने ‘मह’ जस्तो संवेदशील खाद्य बस्तुमा किरा तथा कमिला जस्तो अखाद्यबस्तु फेला परेको हो ।

खाद्य सुरक्षाका दृष्टिकोणले पनि यस्तो बस्तु भेटिनु क्षम्य नहुने पाइएको छ । जितपुरसिमरा उपमहानगरपालिका-२३ लिपनीमालमा रहेको डाबर नेपालले उत्पादन गरेको यस्तो महका बारेमा उपभोक्ता हित संरक्षण मञ्च नेपालले समेत गम्भिररुपमा चासो देखाएको पाइएको छ । डाबर नेपालले उत्पादन गरेको महको व्याच नं. एनबी ००४२१, उत्पादित मिति १२।२४ उल्लेख भएको २५० ग्रामको शिलप्याक बट्टामा कमिला र किरा फेला परेको भेटिएको छ । मञ्चले बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा यसको खोजपड्ताल गर्न उजुरी समेत दिएको खुलेको छ ।

बाणिज्य कार्यालयको ७०२ नम्बर दर्ताले यसको पुष्टि गरेको छ । स्थानीय उपभोक्ता (दिनेश जी) ले बच्चालाई खुवाउनका लागि नजिकको डिलरकहाँ पुगी २ सय ४० रुपैया मूल्य पर्ने सो मह खरिद गर्दा महमा किरैकिरा फेला परेपछि उपभोक्ता हित संरक्षण मञ्चलाई अवगत गराई डाबर नेपालको महमा अखाद्य बस्तु फेला परेको गुनासो गरेको तथ्य छ । उपभोक्ता हित संरक्षण मञ्चमा गुनासो गरेपछि चासो राख्दा वास्तविकता फेला परेपछि यस्तो हर्कत गर्न नमिल्ने मञ्चले पनि तर्क गरेको छ ।

कम्पनीको उत्पादनमा अनुगमन गरी कार्वाही होस् भनी उपभोक्ता हित संरक्षण मञ्चले माग गर्नु अन्यथा होइन मञ्चका केन्द्रिय सदस्य अजित भूजेलले बताए । यो खबर राजधानी दैनिकमा छ । 

सम्बन्धित समाचार