२०८२ माघ ५ गते , सोमबार

भद्रपुरमा साइकलको फ्रेमको प्वालभित्र ब्राउन सुगर ल्याउने राजवंशीसहित तीन जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०८२ पौष ३ गते , विहीबार
भद्रपुरमा साइकलको फ्रेमको प्वालभित्र ब्राउन सुगर ल्याउने राजवंशीसहित तीन जना पक्राउ

झापाको भद्रपुरमा लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-५ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको साइकल यात्री भद्रपुर-४ निवासी २३ वर्षीय राजेन राजवंशीलाई प्याष्टिकबाहेक २१ ग्राम ९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

बिहीबार साँझ ५:२० बजेको समयमा नेपाल आउँदै गरेको राजवंशीले साइकलको फ्रेमको प्वालभित्र ब्राउन सुगर छुकाईछिपाई भित्राउन खोजेका थिए । त्यस्तै वडा प्रहरी कार्यालयको टोलीले बिहीबार साँझ भद्रपुर-४ स्थित डाँगीवारिमा भारतबाट नेपाल पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका- ९ निवासी २३ वर्षीय पारस गौरपिप्ली र सोही ठाउँका २४ वर्षीय राजु राजवंशीलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट प्याष्टिकबाहेक २ ग्राम ब्राउन सुगर फेला पारेको छ । यता पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइसकेको जनाइएको छ । 

सम्बन्धित समाचार