मोटरसाइकलमा तीन जना चढ्दा उल्टै प्रहरीलाई गालीगलौज, एक पक्राउ
कागजपत्रबिना मोटरसाइकलमा तीन जना चढ्दा उल्टै प्रहरीलाई गालीगलौज गर्ने एक युवक पक्राउ परेका छन् । हिजो साँझ दमकमा विना कागजपत्र को ३७ प९३३ नम्बरको मोटरसाइकलमा ३ जना चढेर हिँडेपछि प्रहरीले सम्झाइबुझाई गर्दा विवाद गरी प्रहरीलाई गालीगलौज गर्ने चालक दमक- ६ बस्ने वर्ष २९ का तेनेहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै साँझ ७ बजेदेखि राति १०ः३० बजेसम्म इलाका प्रहरी कार्यालय दमकबाट सञ्चालित स्विप अप्रेसन तथा सरप्राईज चेकिङमा अन्य १० जना पक्राउ परेका छन् । दमक नगरपालिकाको विभिन्न स्थानबाट शङ्कास्पद अवस्थामा हिँडडुल गर्ने, अनैतिक क्रियाकलापमा संलग्न हुनसक्ने, लागूऔषधमा संलग्न हुनसक्ने, ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो । ९ वटा बिना हेलमेटका मोटरसाइकलहरूलाई कारबाही गरी ४ हजार ५०० रुपैयाँ संकलन गरी दाखिलासमेत भएको प्रहरीले जनाएको छ ।