२०८२ माघ ५ गते , सोमबार

सीमा विवादले कम्बोडियाको जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौं विस्थापित

sajilo news
रासस
२०८२ पौष ६ गते , आईतबार
सीमा विवादले कम्बोडियाको जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौं विस्थापित

काठमाडाैँ । कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा नागरिकको मृत्यु सङ्ख्या १९ पुगेको छ । यो विवादको १५औँ दिन हो ।

कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ताले जानकारी दिनुभएको अनुसार, मृतकमध्ये एक शिशु पनि छन् भने ७९ जना नागरिक घाइते भएका छन् ।

सिमा विवाद ७ डिसेम्बरदेखि फेरि बढेको हो र दुबै पक्षमा मानव क्षति भएको छ । कम्बोडियाको आन्तरिक मन्त्रालयका अनुसार, अहिलेसम्म यो विवादका कारण पाँच लाख १० हजारभन्दा बढी मानिसहरू सुरक्षित स्थलतर्फ विस्थापित भएका छन् ।

सम्बन्धित समाचार