भद्रपुरमा पाँचौँ बालमैत्री दिवस विविध कार्यक्रमका गरी मनाइयो
झापाको भद्रपुरमा पाँचौँ बालमैत्री दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । भद्रपुर नगरपालिका र नगर बाल सञ्जालको आयोजनामा गत पुस ५ गतेदेखि ७ गतेसम्म विविध कार्यक्रमका साथ दिवस मनाइएको हो । दिवसको अवसरमा मिनी म्याराथन, वक्तृत्वकला र कविता वाचन प्रतियोगिता आयोजना गरिएको छ ।
मिनी म्याराथनमा बालकतर्फ गौरव भुजेल प्रथम, अनीश लिम्बू द्वितीय, प्रवेश राई तृतीय र कुशल माझी सान्त्वना भएका छन् भने बालिकातर्फ बिन्दा राई प्रथम, गीता उराउ द्वितीय, एन्जल घिमिरे तृतीय र नुमा लिम्बू सान्त्वना भएका छन् । उनीहरूलाई क्रमशः पाँच हजार, तीन हजार पाँच सय, दुई हजार पाँच सय र एक हजार पाँच सय रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै, बालमैत्री दिवसकै अवसरमा आयोजित कविता वाचन प्रतियोगितामा सफलता फुयाँल प्रथम, लजिमा बेघा, द्वितीय दिपा चम्लागई तृतीय र रोहण राजवंशी सान्त्वना भएका छन् भने वक्तृत्वकला प्रतियोगितामा श्रेया ढकाल प्रथम, खगेन्द्र गिरी द्वितीय, प्रियांसी धमला तृतीय र भूमि सहनी तृतीय भएका छन् । उनीहरूलाई क्रमशः नगद दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच र एक हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।