२०८२ माघ ५ गते , सोमबार

राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति

sajilo news
झापा
२०८२ पौष ९ गते , बुधबार
राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबिच एकता गर्ने सहमति भएको छ ।

बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई पार्टीबिच एकता गर्ने सहमति भएको हो। बैठकमा दुवै पार्टीका नेताहरु सहभागी थिए । उनीहरूबिच आजै सहमतिपत्रमा हस्ताक्षर भएको छ । एकता घाेषणा भने पुस १६ गते गर्ने भनिएकाे छ।

गत महाधिवेशनमा पराजित भएपछि थापाले राप्रपा छोडेका थिए।आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । सोही निर्वाचनको मुखमा एकताको सहमति भएको हो। 

सम्बन्धित समाचार