२०८२ माघ ५ गते , सोमबार

झापामा भीआइपी चोर पक्राउ

sajilo news
झापा
२०८२ पौष १० गते , विहीबार
झापामा भीआइपी चोर पक्राउ

झापाको दमकमा कार लिएर चोरी गर्न गएका एक जना भीआइपी चोर पक्राउ परेका छन् । भारतीय नम्बरको डब्लुबी ७४ एयु ९०६५ नम्बरको कार लिएर दमक नगरपालिका वडा नं–३ शान्ति चोकस्थित सरिता पोखरेलको घरमा चोरी गर्न गएका सुदन भुजेल आज पक्राउ परेका हुन् । पोखरेलको घरमा दराज फुटाई चोरी गरिरहेको अवस्थामा भुजेललाई नियन्त्रणमा लिइएको हो । उनको साथबाट सुनको कान्छी तिलहरी एक थान, मोतीको माला एक थान र सुनको टप एक थान बरामद भएको छ ।

पक्राउ परेका भुजेल चोरी तथा डाँका मुद्दाका फरार प्रतिवादी हुन् । उनले गत भदौ ६ गते दमक नगरपालिका वडा नं–७ बस्ने बेनिश कार्कीको घरको सुत्ने कोठाको दराजबाट ७ लाख ५० हजार चोरी गरी फरार भएका थिए । पक्राउ परेका भुजेलको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार