२०८२ माघ ५ गते , सोमबार

अर्जुनधारामा गोदाम भरी चोरीका सामान, दुई भारतीय नागरिक पक्राउ

sajilo news
झापा
२०८२ पौष १३ गते , आईतबार
अर्जुनधारामा गोदाम भरी चोरीका सामान, दुई भारतीय नागरिक पक्राउ

झापामा लामो समयदेखि साइकल, मोबाइल, मोटरसाइकल, फलामको पाइप, मोटरलगायतका सामानहरू चोरी गर्ने दुई जनालाई एक गोदाम चोरीको सामानसहित प्रहरीले अर्जुनधाराबाट पक्राउ गरेको छ ।

अर्जुनधारा वडा नं.६ बिहानी टोल बस्ने मोहम्मद उसिम मुदिलको घरमा डेरा लिएर बस्ने दुईजना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत विहार राज्य किसनगंज स्थायी ठेगाना भई हाल अर्जुनधारा वडा नं. ६बस्ने वर्ष ३५की खतिजा बेगम र सोही ठाउँ बस्ने वर्ष २३ का मोहम्मद रज्जाक रहेका छन् ।

विभिन्न सामानहरू चोरी गरी लुकाइछिपाई राखेको भन्ने जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर चोरीका सामान बरामद गरेको थियो ।

प्रहरीले उनीहरूको कोठाबाट ९ थान साइकल, २३ थान मोटर , फलामको पाइपको ४७ वटा टुक्राहरू, प्रदेश नं. १–०१–०१५प९३४४नम्बरको मोटरसाइकल , मोटरसाइकलको सवारी दर्ता किताब एक थान,स्कोपसहितको टायर रिङ–६ थान, रिङ मात्र थान–१, फलामको रड थान–१८,गाडी धुने पम्प एक थान, मोटरको फलामको रोटर थान– ६, ग्यास इन्डक्सन चुलो एक थान र मोटरसाइकलको मोटरगार्ड, सकप र टी सहितको एक थानलगायतका सामान बरामद भएको जनाएको छ ।

 

सम्बन्धित समाचार