२०८२ माघ ५ गते , सोमबार
एमालेले गर्यो समानुपातिकमा झापाबाट ७ जनाको नाम सिफारिस
नेकपा एमालेले झापा जिल्लाबाट आसन्न प्रतिनिधिसभा चुनावको समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएका नाम प्रदेश हुँदै केन्द्रमा सिफारिस गरिएको हो ।
प्राप्त सूचना अनुसार झापाबाट मेनुका काफ्ले, सोमनाथ पोर्तेल, निता घतानी, विना कुमारी शाह, नर्वदा शिवाकोटी पाठक, विद्यानन्द राजवंशी र अनिता कन्दङवा रहेका छन् । उनीहरूको नाम बन्द सूचीमा दर्ता गरिएको छ ।