२०८२ माघ ५ गते , सोमबार

बिर्तामोडको डान्स बारमा प्रहरीको छापा, दुई जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०८२ पौष १४ गते , सोमबार
बिर्तामोडको डान्स बारमा प्रहरीको छापा, दुई जना पक्राउ

झापाको बिर्तामोडमा सञ्चालितमध्ये दुईवटा डान्स बारमा प्रहरीले छापा मारेको छ । गएराति इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले डीडब्लु डान्स बार र द नाइट लाइफ डान्स बारमा छापा मारेर दुई जनालाई पक्राउ गरेको छ । 

प्रहरीले गएराति साढे १२ बजे डीडब्लु डान्स बारका एकाउन्टेन्ट मेचीनगर नगरपालिका २ का २३ वर्षीय संगित राजवंशी र द नाइट लाइफ डान्स बारका एकाउन्टेन्ट सप्तरी जिल्ला गोल बजार १ बका २३ वर्षीय युगल चौधरीलाई पक्राउ गरेको हो । प्रशासनले तोकेको समयलाई बेबस्ता गर्दै राति अबेरसम्म डान्स बार खोलेर सञ्चालन गरिरहेको भेटेपछि बारका कर्मचारीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । बिर्तामोडमा करिब आधा दर्जन सङ्ख्यामा डान्स बारहरू सञ्चालनमा रहेका छन् । सञ्चालकहरूले युवती राखेर डान्स बार चलाइरहेका छन् । युवतीहरूलाई नचाएर बार चलाउने सञ्चालकहरूले प्रहरी प्रशासनले दिएको समयको अवज्ञा गर्दै आइरहेकोले छापा मारेको प्रहरीको भनाई छ । 

सम्बन्धित समाचार