२०८२ माघ ५ गते , सोमबार

झापाका पाँचै निर्वाचन क्षेत्रबाट राप्रपाका उम्मेदवार सिफारिस (नामावलीसहित)

sajilo news
झापा
२०८२ पौष १४ गते , सोमबार
झापाका पाँचै निर्वाचन क्षेत्रबाट राप्रपाका उम्मेदवार सिफारिस (नामावलीसहित)

आगामी निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाबाट प्रत्यक्ष र समानुपातिक उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभाको निर्वाचनका लागि क्षेत्रीय समितिबाट सिफारिस भई आएका सम्पूर्ण नाम अन्तिम निर्णयका लागि सिफारिससहित जिल्ला समिति झापाले केन्द्रीय कार्यालयमा पठाएको हो । 

जसअनुसार क्षेत्र नं १ मा प्रत्यक्षतर्फ नरेन्द्रकुमार खड्का ,प्रा. हेमराज कार्की र अशोक सुब्बाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ दीपेश राई (आदिवासी जनजाति), सुमित्रा ओझा अधिकारी (महिला), बाबुराम पराजुली (खस आर्य),लक्ष्मण खत्री (खस आर्य) परेका छन् ।

त्यस्तै क्षेत्र नं २ मा प्रत्यक्षतर्फ राजकुमार पोखरेल , भक्तिप्रसाद सिटौला ,वसन्त रिमाल ,यमन भुर्तेल(जेन–जी) र रन्जु प्याकुरेललाई उम्मेदवारको लागि सिफारिस गरिएको छ भने समानुपातिकतर्फ रुपदल विश्वकर्मा (दलित), धर्मराज माझी (पिछडिएको वर्ग),कुमार भट्टराई (खस आर्य), हर्कराज थुङ्ङ्गिम (जनजाति), आमिर खान पठान (मुस्लिम),धर्मराज राजवंशी (आदिवासी) , विष्णुप्रसाद गिरी (दशनामी) ,करिना बेगम (मुस्लिम महिला) ,देवराज परियार (उत्पीडित),गोपाल गुरुङ (जनजाति) ,प्रह्लाद खड्का (खस आर्य) ,लवकुश गिरी (खस आर्य)को नाम पठाइएको छ ।

त्यस्तै क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको एकल नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ भने सिता लम्साल (महिला), भारतेन्दु मल्लिक (पिछडिएको वर्ग), रामकुमार सिंह राजवंशी (आदिवासी),सूर्यनारायण गणेश (आदिवासी), ऋषि नेपाल (खस आर्य), सन्तोषी विश्वकर्मा (दलित) र नन्दराम गजमेर (दलित) को नाम पठाइएको छ ।

त्यस्तै क्षेत्र नं ४ मा प्रत्यक्षतर्फ भक्तिप्रसाद सिटौला र केशवप्रसाद ओझाको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ खुश्बु ओली (महिला),खेमराज कार्की (खस आर्य), चित्रा श्रेष्ठ (आदिवासी जनजाति), तारामाया राई (आदिवासी जनजाति) उम्मेदवारको सूचीमा परेका छन् ।

त्यस्तै क्षेत्र नं ५ मा प्रत्यक्षतर्फ लक्ष्मीप्रसाद सङ्ग्रौला , गोपालप्रसाद पौडेल र रिताकुमारी कार्की थापाको नाम सिफारिस हुँदा समानुपातिकतर्फ डा.सूर्यनारायण साह (मधेसी), भरिपूर्ण राई (आदिवासी जनजाति),शुष्मा निरौला के.सी. (महिला) र विजयप्रसाद बराल (खस आर्य) को नाम पठाइएको जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार