२०८२ माघ ५ गते , सोमबार

रास्वपाको समानुपातिक सूचीमा झापाबाट शून्य उम्मेदवार

sajilo news
झापा
२०८२ पौष १५ गते , मंगलबार
रास्वपाको समानुपातिक सूचीमा झापाबाट शून्य उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा झापाबाट कोही पनि परेनन् ।समानुपातिक उम्मेदवार बन्नका लागि झापाबाट १४ जनाले उम्मेदवारी दर्ता गरेका थिए । भोटिङमार्फत गरिएको उम्मेदवार छनोट प्रतिस्पर्धामा झापाका कोही पनि सफल हुन नसकेका हुन् ।

झापाबाट विवेक तामाङ , शरद जोशी , शान्तिमाया न्यौपाने , सीता विश्वकर्मा , मनोज राजवंशी , भूपाल भण्डारी , भीम लम्जेल , रोहित न्यौपाने , गीताप्रसाद अधिकारी , लोकेशकुमार माझी , कुन्दन मुर्मु , अनिता नेपाली , नारायणप्रसाद दाहाल र विन्दु सिटौलाले दर्ता गराएका थिए ।

त्यसमध्ये सीता विश्वकर्मा र विन्दु सिटौला ११० अंकसम्म पुगेको बताइएको छ । रवि लामिछाने , बालेन शाह र कुलमान घिसिङबीच समानुपातिक सिट बाँडफाँट हुँदा झापाका आकांक्षीलाई समेट्न नसकिएको जनाइएको छ ।

सम्बन्धित समाचार