२०८२ माघ ५ गते , सोमबार
काँग्रेसको समानुपातिक बन्दसूचीमा झापाबाट दुईजना मात्र
नेपाली काँग्रेसको समानुपातिकतर्फ झापाबाट ४४ जनाको नाम सिफारिस गरिएपनि बन्दसूचीमा दुईजना मात्र पर्न सफल भएका छन् ।
झापाबाट सुशीला ढकाल र गोमा भट्टराईको नाम मात्र बन्दसूचीमा समेटिएको पार्टी स्रोतले जनाएको छ । सुशीला ढकाल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र गोमा भट्टराई महामन्त्री विश्वप्रकाश शर्मा निकट मानिन्छन् ।
समानुपातिकका लागि झापाबाट ४४ जनाको नाम सिफारिस गरिएको थियो । क्षेत्र नं १ बाट ६ , २ बाट १० , ३ बाट १० , ४ बाट ५ र ५ बाट १३ जनाको नाम सिफारिस गरिएको थियो । हिजो समानुपातिकतर्फको अन्तिम सूची बुझाउनुपर्ने भएपनि कांग्रेसले अहिलेसम्म पनि बुझाउन सकेको छैन ।
गएरातिसम्म दलहरुले आ–आफ्ना तर्फबाट सूची बुझाएका थिए । कांग्रेसले सूचीका लागि निस्सा लिइसके पनि सूची भने अहिलेसम्म बुझाउन नसकेको हो ।