२०८२ माघ ५ गते , सोमबार

राप्रपाको समानुपातिक बन्दसूचीमा झापाबाट ६ जना

sajilo news
झापा
२०८२ पौष १५ गते , मंगलबार
राप्रपाको समानुपातिक बन्दसूचीमा झापाबाट ६ जना

राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा झापाका ६ जना अटाएका छन् ।राप्रपाले आयोगमा ११० जनाको नाम बुझाएको हो । त्यसमा झापाबाट धर्मराज माझी , खुश्बु ओली , भरिपूर्ण राई , संगीता रौनियार , रुपदल विश्वकर्मा र सूर्यनारायण गणेश परेका छन् ।

माझी तीन दिनअघि बिर्तामोडमा आयोजित राप्रपाको जागरण सभामा पार्टी प्रवेश गरेका थिए । उनलाई समानुपातिक उम्मेदवार बनाउने भनेर पार्टी प्रवेश गराएको बुझिएको छ ।

पार्टीको जिल्ला समितिले धर्मराज माझीलाई पिछडा वर्ग र सूर्यनारायण गणेशलाई आदिवासी जनजाति क्लस्टरबाट सिफारिस गरेको थियो । तर केन्द्रीय समितिले माझीलाई आदिवासी जनजाति र गणेशलाई मधेसी क्लस्टरको भन्दै समानुपातिकको बन्दसूचीमा नाम बुझाएको छ । सरकारले माझी जातिलाई पिछडा वर्ग र गणेश (गनगाई) लाई आदिवासी जनजातिमा राखेको छ ।

सम्बन्धित समाचार