२०८२ माघ ५ गते , सोमबार

काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एक पक्राउ

sajilo news
झापा
२०८२ पौष १५ गते , मंगलबार
काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एक पक्राउ

काँकडभिट्टा । पूर्वी नाका काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । आज दिउँसो १ बजे मेची भन्सार कार्यालयको यात्रु शाखामा भन्सार कार्यालय र मेची सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री भारत अरुणाञ्चल प्रदेश तवाङ्ग जिल्ला खासा पञ्चायत बस्ने ६२ वर्षीय लोम्साङ्ग फल्चोकको झोला चेकजाँच गर्दा झोलामा लुकाइछिपाइ ल्याएको भारतीय रुपैयाँ १०० दरको ३८०० वटा, २०० दरको १ हजार वटा र ५०० दरको सय वटा गरी जम्मा भारतीय ६ लाख ३० हजार बरामद भएको थियो ।

उक्त भारतीय रुपैयाँसहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाएको जनाइएको छ । भर्खरै सरकारले गरेको निर्णय अनुसार भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने छ । त्यस भन्दा अघि २ सय र ५ सय दरको भारतीय रुपैया नेपालमा प्रतिबन्धित थियो । 

सम्बन्धित समाचार