२०८२ माघ ५ गते , सोमबार

छात्रालाई कट्टु खोलेर संवेदनशील अङ्ग देखाउने भद्रपुरका एक व्यक्ति पक्राउ

sajilo news
झापा
२०८२ पौष १६ गते , बुधबार
छात्रालाई कट्टु खोलेर संवेदनशील अङ्ग देखाउने भद्रपुरका एक व्यक्ति पक्राउ

भद्रपुर । १४ वर्षीया छात्रालाई कट्टु खोलेर संवेदनशील अङ्ग देखाउने भद्रपुरका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका १ का वर्ष ४० का मङ्गल टुडु रहेका छन् । तीन दिनअघि बिहान १० बजे भद्रपुर १ मा टुडुले विद्यालय जाने क्रममा १४ वर्षकी नाबालिकालाई बाटो छेक्ने, जिस्क्याउने, आफूले लगाएको कट्टु र पेन्ट खोलेर संवेदनशील अङ्ग देखाउने लगायतका अश्लील कार्य गरेका थिए ।

यसअघि पनि उनले विद्यार्थीलाई बाटो हिँड्ने क्रममा त्यस्तो क्रियाकलाप गरेको बुझिएको छ । पीडित नाबालिकाकी आमाले टुडुलाई कानुन बमोजिम कारबाही गरी पाउँ भन्दै जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । उनलाई आज जिल्ला अदालतमा पेस गरी अनुसन्धानको लागि म्याद थप गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीमाथि वाल यौन दुर्व्यवहार कसूरमा मुद्दा चल्ने भएको छ ।मुलुकी अपराध संहिता २०७४ को करणी कसुरअन्तर्गत बाल यौन दुर्व्यवहार कसूरमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार