२०८२ माघ ५ गते , सोमबार
झापामा नाबालिकलाई जबरजस्ती करणी गर्ने युवक पक्राउ
झापाको अर्जुनधारामा १६ वर्षीया नाबालिकलालाई जबरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका-११ स्थित सूर्योदय होटेलमा सोही नगरपालिका-९ का २३ वर्षीय कृष्ण बुढाथोकीले नाबालिकलाई ललाइफकाइ जबरजस्ती करणी गरेको थियो ।
सो घटना बारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा पीडितका आफन्तले जानकारी गराएपछि अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बुढाथोकीलाई पक्राउ गरेको हो । उनलाई झापा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ।