२०८२ माघ ५ गते , सोमबार

कतारका जेलमा रहेका १३ नेपालीलाई आममाफी

sajilo news
झापा
२०८२ पौष १८ गते , शुक्रबार
कतारका जेलमा रहेका १३ नेपालीलाई आममाफी

कतारका अमिरले जेलमा रहेकामध्ये १३ जना नेपालीलाई आममाफी दिएको छन्। कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो। यसप्रति नेपालले कतारप्रति कृतज्ञता व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मानवीय आधारमा प्रदान गरिएको आममाफीलाई नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्धमा गहिरिँदै गएको मित्रता र सौहार्दताको प्रतीकका रूपमा मूल्यांकन गरिएको उल्लेख छ।

मन्त्रालयले यस्तो मानवीय कदमले दुई देशबीचको आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। कतारले कति समयको कैद र जरिवानालाई माफी दिइएको भन्ने खुलाएको छैन।

सम्बन्धित समाचार