२०८२ माघ ५ गते , सोमबार

अफगानिस्तानमा बाढी, कम्तीमा १७ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८२ पौष १८ गते , शुक्रबार
अफगानिस्तानमा बाढी, कम्तीमा १७ जनाको मृत्यु

अफगानिस्तानमा अचानक परेको ठूलो पानीका कारण धेरै क्षेत्रमा बाढी आएको छ ।  अधिकारीहरूका अनुसार कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । हेरात प्रान्तको काबकानमा बिहीबार छत भत्किँदा  एकै परिवारका पाँच जनाको मृत्यु भएको हेरातका गभर्नरका प्रवक्ता मोहम्मद युसुफ सईदीले बताएका छन् । पीडितमध्ये दुई जना बालबालिका भएको बताइएको छ । 

अन्यको  मृत्यु पनि सोही जिल्लाहरूमा भएको हो । गम्भीर मौसमले मध्य, उत्तरी, दक्षिणी र पश्चिमी क्षेत्रहरूमा दैनिक जीवनलाई प्रभावित पारेको अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एएनडीएमए)का प्रवक्ता मोहम्मद युसुफ हम्मदले बताएका छन् ।

हम्मदले बाढीले पूर्वाधारमा क्षति पु‍र्याएको छ । कयौं वस्तुभाउको मृत्यु भएको र १ हजार ८०० परिवारलाई असर गरेको बताइएको छ । पहिले नै जोखिममा रहेका शहरी र ग्रामीण समुदायहरूमा अवस्था बिग्रँदै गएको छ । एजेन्सीले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा मूल्याङ्कन टोलीहरू पठाएको र थप आवश्यकताहरू निर्धारण गर्न सर्वेक्षणहरू जारी रहेको उनले बताएका छन् । 

सम्बन्धित समाचार