२०८२ माघ ५ गते , सोमबार

झापामा जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी २८ वर्षपछि पक्राउ

sajilo news
झापा
२०८२ पौष १८ गते , शुक्रबार
झापामा जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी २८ वर्षपछि पक्राउ

झापामा जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी २८ वर्षपछि पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-१० पत्थरभिट्टा बस्ने ५५ वर्षीय कमल खतिवडा  रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार जिउ मास्ने बेच्ने कसुरमा २०५४ फागुन १४ गते जिल्ला प्रहरी कार्यालय भक्तपुरमा मुद्दा दर्ता भएर लुकीछिपी बस्दै आएका खतिवडालाई खोजतलास गर्ने क्रममा बिहीबार साँझ ६ बजे बिर्तामोडबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई आज जिल्ला प्रहरी परिसर भक्तपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार