२०८२ माघ ५ गते , सोमबार
पूर्वयुवराज्ञी हिमानी छोराछोरीसहित झापा आइपुगिन्
विगत दुई महिनादेखि पूर्वराजा ज्ञानेन्द्र शाह दमकमा रहिरहँदा परिवारका अन्य सदस्यहरू पनि झापा आइपुगेका छन् । आज दिउँसो १२ः४० बजे चन्द्रगढी विमानस्थलमा काठमाडौँदेखि बुद्ध एयरमा पूर्वराजा ज्ञानेन्द्र शाहकी बुहारी हिमानी, नाति हृदयेन्द्र, नातिनी पूर्णिका, शिताष्मा शाहलगायत १५ सदस्यीय टोली आइपुगेको हो ।
उनीहरू बा ६ च२८२९, बा ४ च ३८०७ न गाडीमा दमक –९ हिमालयन महालक्ष्मी टी इस्टेटस्थित मिनी दरबारतर्फ गएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल, छोरी प्रेरणासहित ७ सदस्यीय टोली गत कात्तिक १९ गते आएको थियो । उनीहरू दमकमै रहेका छन् ।