२०८२ माघ ५ गते , सोमबार

भद्रपुरमा बुद्ध एयरको विमान दुर्घटना : को-पाईलटसहित सात जना घाइते

sajilo news
पार्थ मण्डल
२०८२ पौष १९ गते , शनिबार
भद्रपुरमा बुद्ध एयरको विमान दुर्घटना : को-पाईलटसहित सात जना घाइते

झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा शुक्रबार राति ९ बजे रनवेबाट चिप्लिएर बुद्ध एयरको विमान दुर्घटना हुँदा को-पाईलटसहित सात जना सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घाइतेहरूको ओमसाई पाथीभरा हस्पिटलमा उपचार भएको थियो । घाइते मध्ये केही डिस्चार्ज भइसकेका छन् भने केही उपचारको क्रममा रहेका छन् ।

यस्तो छ घाइतेहरूको नामावली :

१.जिल्ला झापा भद्रपुर न.पा.१० बस्ने वर्ष ४० को सबिन जोगी छाति, कम्मर, ढाड दुखेको, बाहिरि चोट नदेखिएको, अवस्था सामान्य(यात्रु)
२.ऐ.बिर्तामोड न.पा.७ बस्ने वर्ष २० की प्रेसिषा अधिकारी बाया खुट्टा सुन्निएको, बाहिरि चोट नदेखिएको, अवस्था सामान्य(यात्रु)
३.ऐ.बिर्तामोड न.पा.१ बस्ने वर्ष ४२ की सुमित्र जोगी बाया खुट्टा दुखिरहेको, बाहिरि चोट नदेखिएको, अवस्था सामान्य(यात्रु)
४.ऐ.दमक न.पा.१ बस्ने वर्ष २८ को कमल प्रसाद कटुवाल दाहिने खुट्टामा सामान्य चोट (डिस्चार्ज) भई गएको।(यात्रु)
५.जिल्ला काठमाण्डौ काठमाण्डौ म.न.पा.१६ बस्ने वर्ष ४० की मुना घतानी बाहिरि चोट नभएको टाउको दुखिरहेको, चक्कर लागिरहेको अवस्था सामान्य(यात्रु)
६.ऐ.ऐ.बस्ने वर्ष १६ की प्रिया घतानी दाहिने घुडामा चोट अवस्था सामान्य (यात्रु)
७.जिल्ला ललितपुर ललितपुर म.न.पा.४ बस्ने वर्ष २४ को सुशान्त श्रेष्ठ अनुहार र टाउकोमा चोट अवस्था सामान्य (को-पाईलट)

सम्बन्धित समाचार