२०८२ माघ ५ गते , सोमबार
झापाको कनकाई पुलमा नजिकै शङ्कास्पद वस्तु भेटियो
झापाको कनकाई नगरपालिका –४ स्थित कनकाई माई पुलपूर्व शङ्कास्पद वस्तु फेला परेको छ । आज बिहान कालो झोलामा प्रेसर कुकर राखिएको र त्यहाँबाट तार निकालिएको अवस्थामा पूर्वपश्चिम राजमार्गको पूर्वपट्टि सो शङ्कास्पद वस्तु फेला परेको हो ।
घटनास्थलमा केही बेरअघि प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले बताए । उनले सो शङ्कास्पद वस्तु निष्क्रिय बनाउन सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको जानकारी दिए । सडक छेउमा शङ्कास्पद वस्तु फेला परेपनि सडक अवरुद्ध भएको छैन । सो वस्तुलाई पुल मुनि लगिएको छ भने एउटा पत्र समेत फेला परेको उनले जनाएको छ ।