२०८२ माघ ५ गते , सोमबार

बिर्तामोडमा ५ रुपैयाँमै भरपेट खाना !

sajilo news
झापा
२०८२ पौष २० गते , आईतबार
बिर्तामोडमा ५ रुपैयाँमै भरपेट खाना !

बिर्तामोड । बिर्तामोडमा पाँच रुपैयाँमा भरपेट खाना खान पाइने भएको छ । बिर्तामोड-५ स्थित सिटी सेन्टर नजिकै पश्चिम तर्फ विपन्न नागरिकलाई लक्षित गर्दै टहरा नै निर्माण गरेर पाँच रुपैयाँमा भरपेट खाना खुवाउन लागिएको हो । 

केजीएफ नामक संस्थाले सबै लाई बाच्ने अधिकार भएको र मानव कल्याणका लागि एक छाक ती गरिब निमुखालाई भन्ने नाराका साथ सोमवारदेखि खाना अभियान सञ्चालन गरिएको अभियानका संयोजक विक्रम सुब्बाले जानकारी दिए । अभियानका लागि भोलेन्टियर्सका रुपमा मिसन झापा रहेको बताइएको छ । 

मिसन झापाका संयोजक समेत रहेका माधव झाले अभियानका विषयमा प्रकाश पार्दै  यो अभियानलाई सफल बनाउन आम नागरिकलाई आग्रह गरेका छन् । संस्कार, संस्कृति , खेलकुद, कृषि पशुपक्षी मानव सेवालाई निरन्तरता दिँदै आएको केजीएफले सो अभियानलाई सबैले सहयोग गरिदिन आग्रह गरेको छ । 

सम्बन्धित समाचार