२०८२ माघ ५ गते , सोमबार
हल्दीबारीमा टिपरले अटोलाई ठक्कर दिएपछि...
झापाको हल्दीबारीमा टिपरले अटोलाई ठक्कर दिँदा चारजना घाइते भएका छन् । सोमबार साँझ ५ः५० बजे हल्दीबारी–२ रामलाल चोकमा शम्भु चोकबाट पाराखोपीतर्फ जाँदै गरेको ४ ख ४८८१ नम्बर टिपरले विपरित दिशाबाट आउँदै गरेको मे १ ह ६७८९ नम्बरको अटोलाई ठक्कर दिएको हो । अटोमा सवार अटो चालक हल्दिवारी –४ बस्ने बर्ष ३८ का रंगलाल ताजपुरिया , उनकी श्रीमती बर्ष ३५ की बबिता राजवंशी, सोही ठाउँ बस्ने बर्ष ६० की सीतादेवी सोरेन र बर्ष २५ की सुनिता तोलाङगी घाइते भएका छन् ।
घाइतेहरुको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उपचारमा टिपर चालक इलाम नगरपालिका १० बस्ने बर्ष २५ का सुजन रम्तेल संलग्न रहेका छन् । उक्त टिपर प्रहरी चौकी हल्दीबारीले नियन्त्रणमा लिएको छ ।