२०८२ माघ ५ गते , सोमबार

झापामा दारा नभएको जंगली हात्ती मृत फेला

sajilo news
झापा
२०८२ पौष २२ गते , मंगलबार
झापामा दारा नभएको जंगली हात्ती मृत फेला

 

झापा । झापामा आज बिहान जंगली हात्ती मृत फेला परेको छ ।  बुद्धशान्ति गाउँपालिका-३ स्थित कालिका सिमसार जाने बाटोमा डाँडागाउँका लालबहादुर रसाइलीको खेतमा दारा नभएको भाले हात्ती मृत फेला परेको हो । बस्तीको छेउमा हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय बुधवारेको टोली घटनास्थल पुगेर डिभिजन वन कार्यालय झापालाई खबर गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस वर्ष हात्तीको आक्रमणमा परी जिल्लामा चार जनाले ज्यान गुमाएका छन्, भने यो भन्दा अगाडि एउटा हात्ती मृत फेला परेको  डिभिजन वन कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार