२०८२ माघ ५ गते , सोमबार

नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस

sajilo news
झापा
२०८२ पौष २४ गते , विहीबार
नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १० प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन्। ्गृह मन्त्रालय बढुवा समितिको सचिवालय बैठकले पुस २३ गते उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिसको पहिलो नम्बरमा विशेष सुरक्षा गण कञ्चनपुरमा दरबन्दी भएका रामप्रकाश शाह छन्। त्यसपछि भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवासचन्द्र बोहरा बढुवा सिफारिस भएका छन्।

सम्बन्धित समाचार