२०८२ माघ ५ गते , सोमबार
प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु, महासचिवमा भेषराज
भद्रपुर । प्रेस क्लब भद्रपुरको अध्यक्षमा राजबाबु शंकर सर्वसम्मत चयन भएका छन् । क्लबको चौथो अधिवेशनले महासचिव बाहेकका सबै पदमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा रोहित काफ्ले, सचिवमा द्रोण अधिकारी र कोषाध्यक्षमा इशा प्रधान सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरूमा क्रमशः लोकबहादुर कुँवर, सन्तोष शर्मा, नितेश सिंह र सुनिता अधिकारी निर्विरोध चयन भएका हुन् ।
महासचिव पदमा आज भएको निर्वाचनमा भेषराज नेपाल विजयी भएका छन । उनले प्रतिस्पर्धी डिल्लीरमण नेपाललाई ५ मतले पराजित गर्दै विजयी भएका हुन । भेषराजले २१ मत ल्याउँदा डिल्लीले १६ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।पौष १९ गते भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उद्घाटन गरेको क्लबको चौथो अधिवेशन महासचिव पदको निर्वाचनका कारण ५ दिन पछाडि परिणाम घोषणा गरिएको हो ।