२०८२ माघ ५ गते , सोमबार

आजदेखि 'निर्वाचन प्रहरी' भर्ना आवेदन, झापामा ४७९७ जनाको माग

sajilo news
झापा
२०८२ पौष २५ गते , शुक्रबार
आजदेखि 'निर्वाचन प्रहरी' भर्ना आवेदन, झापामा ४७९७ जनाको माग

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि झापामा निर्वाचन प्रहरी( म्यादी प्रहरी) को भर्ना खुलेको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले आज एक सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी, बल नेपालका लागि झापामा ४७९७ जना निर्वाचन प्रहरीको दरबन्दी तोकिएको छ ।

दरखास्त दिने पुस २५ गतेदेखि माघ गतेसम्म, समय बिहान १० देखि बेलुका ४ बजेसम्म तोकिएको छ । दरखास्त फाराम पाउने र बुझाउने स्थानहरू जिल्ला प्रहरी कार्यालय झापा वा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा, झापा तोकिएको छ ।

निर्वाचन प्रहरीमा भर्ना हुन आवश्यक योग्यता र प्राथमिकताका आधारहरूमा नेपाली नागरिक भएको ,१८ वर्ष पुरा भई ५४ वर्ष ननाघेको , साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,भर्ना हुने समयमा कुनै राजनैतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतङ्ककारी एवम् विध्वंसात्मक संगठनको सदस्य नरहेको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट, छाती ३१–३३ इन्च, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाइ ४ फिट १० इन्च उचाइ र ४२ के.जी. भएको, महिलाको हकमा गर्भवती नभएको/नरहेको तोकिएको छ ।

 

सम्बन्धित समाचार