२०८२ माघ ५ गते , सोमबार
रुखको हाँगाले लागेर एकजनाको मृत्यु
उदयपुरमा रुखको हाँगाले लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–७ हाङबजारकी एक महिलालाई रुखको हागाले लागेको थियो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार रुखको हाँगाले लागेर चौनपा–७ की ४२ वर्षीय नमिता राईको मृत्यु भएको हो ।
आज बिहान १०ः०० बजे स्थानीय पञ्चमी सामुदायिक वनमा रुख ढाल्ने क्रममा राईलाई रुखको हाँगाले टाउकोमा लागेर गम्भीर घाइते भएकी थिइन् । बेल्टार नगर अस्पतालमा उपचारका क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राईको शव परीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको छ ।