२०८२ माघ ५ गते , सोमबार

मेचीनगरमा निर्माणाधीन फाइभस्टार होटलबाट खसेर एक कामदारको मृत्यु

sajilo news
झापा
२०८२ पौष २५ गते , शुक्रबार
मेचीनगरमा निर्माणाधीन फाइभस्टार होटलबाट खसेर एक कामदारको मृत्यु

मेचीनगरमा निर्माणाधीन फाइभस्टार होटल इस्टर्नबाट खसेर एक कामदारको मृत्यु भएको छ । आज साँझ साढे ६ बजे मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित न्यु ईन्फ्रा हेवन कम्पनी लिमिटेडले बनाउँदै गरेको निर्माणाधीन इष्टर्न होटलको चौथो तलामा फलामको पाइप सार्ने क्रममा खसेर एक कामदारको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरी खडक नगरपालिका–१ सिसुवाबेल्ही बस्ने वर्ष अन्दाजी २१ का नरेशकुमार मण्डल रहेका छन् ।

अचानक भुईँमा खसेर शरीरको विभिन्न भागमा चोट लागेका गम्भीर घाइते मण्डललाई मेची आम्दा अस्पताल धुलाबारी पठाएकोमा साँझ ७ बजे उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार