२०८२ माघ ५ गते , सोमबार

बिर्तामोडमा ४१ ग्राम ब्राउनसुगरसहित भद्रपुरका दुई युवक पक्राउ

sajilo news
झापा
२०८२ पौष २६ गते , शनिबार
बिर्तामोडमा ४१ ग्राम ब्राउनसुगरसहित भद्रपुरका दुई युवक पक्राउ

बिर्तामोडमा ४१ ग्राम लागूऔषध ब्राउन सुगरसहित भद्रपुरका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-१ स्थित पाण्डे चोक निवासी २५ वर्षीय निरोज लिम्बू र  भद्रपुर-२ पृथ्वीनगर निवासी २६ वर्षीय सागर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी निरीक्षक प्रवीण श्रेष्ठ र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा शुक्रबार साँझ ७:४० बजे बिर्तामोड नगरपालिका-४ मुनाल टोलबाट लिम्बू र प्रधानलाई प्लास्टिकबाहेक ४१ ग्राम ५८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

उनीहरू प्र १–०१–०१५ प ३४२७ नम्बरको स्कुटरमा सवार थिए । प्रहरीले उनीहरूको साथबाट दुई थान स्क्रिन टच मोबाइल, किप्याडवाला मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोड राखिएको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार