२०८२ माघ ५ गते , सोमबार

झापाको गौरीगञ्जमा ब्राउनसुगरसहित तीनजना पक्राउ

sajilo news
झापा
२०८२ पौष २७ गते , आईतबार
झापाको गौरीगञ्जमा ब्राउनसुगरसहित तीनजना पक्राउ

झापाको गौरीगञ्जमा ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् । आज दिउँसो अन्दाजी ४ः३० बजे गौरीगञ्ज गाउँपालिका-२ टटुवामारीस्थित यादव टोल बस्ने ३४ वर्षीय मानफकुमार मेहतालाई गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमान्डको टोलीले लागूऔषधसहित पक्राउ गरेको हो ।

चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकबाहेक ३ ग्राम २५० मिलिग्राम र उनको घर खानतलासी गर्दा प्लास्टिकबाहेक ३ ग्राम ७५० मिलिग्राम गरी जम्मा प्लास्टिकबाहेक ७ ग्राम ब्राउन सुगर बरामद गरेको छ । साथै लागूऔषध नाप्ने डिजिटल तराजु एक थानसमेत फेला पारी मेहतालाई इप्रका गौरीगञ्जमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै गएराति ९ः३० बजे गौरीगञ्ज ६ मुस्लिम टोल बस्ने २२ वर्षीय मोहम्मद रहिम मियाँ र सोही ठाउँ बस्ने अन्दाजी १८ वर्षीय सक्षम उप्रेती पनि लागूऔषधसहित पक्राउ परेका छन् । इप्रका गौरीगञ्जबाट खटिएको गस्ती टोलीले शङ्का लागेर चेकजाँच गर्ने क्रममा मोहम्मद रहिम मियाँको साथबाट प्लास्टिकबाहेक १ ग्राम ब्राउन सुगर फेला पारेको थियो ।

 

सम्बन्धित समाचार