२०८२ माघ ५ गते , सोमबार

लेखापढी इकाई समिति भद्रपुरको अध्यक्षमा पोखरेल निर्वाचित

sajilo news
झापा
२०८२ पौष २९ गते , मंगलबार
लेखापढी इकाई समिति भद्रपुरको अध्यक्षमा पोखरेल निर्वाचित

नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति भद्रपुरको अध्यक्षमा नीरज पोखरेल निर्वाचित भएका छन् । सोमबार सम्पन्न इकाई समितिको निर्वाचन प्रक्रियाबाट पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका हुन् । पोखरेलले १७१ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी प्रकाश निरौलाले १३२ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष पदमा नारायण हजाम र मुकुन्द पौडेलले समान ९९ मत प्राप्त गरे भने महेश भट्टराईले ९२ मत ल्याए । सचिवमा मुरारी न्यौपाने १७० मतसहित विजयी हुँदा जङ्गबहादुर रसाइलीले १२५ मत पाए । सह–सचिवमा पानीलाल राजवंशी १७५ मतसहित निर्वाचित भए भने वसन्त ढकालले ११६ मत प्राप्त गरे।

कोषाध्यक्षमा शिव समाल मगर १६७ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी डिल्लीराम अधिकारीले १२६ मत पाए। सह–कोषाध्यक्षमा सुगम सुवेदी १४१ मतसहित निर्वाचित हुँदा छवि रमण खनालले १३७ मत प्राप्त गरे। सदस्यतर्फ हरि श्रेष्ठ १७४, पानीलाल राजवंशी, कृष्ण प्रसाद घिमिरे (भान्जा) १५१, सुरेन्द्र न्यौपाने १५२, विष्णुप्रसाद पोखरेल १६०, ईश्वर सारूँ मगर १४५, कृष्ण बहादुर कटुवाल १४० र सुरज निरौला १३१ विजयी भएका छन्।

सम्बन्धित समाचार