२०८२ माघ ५ गते , सोमबार
शौचालय जाने क्रममा सर्पले डस्दा झापामा एक पुरुषको मृत्यु
झापामा विषालु सर्पले डस्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-६ सोनापुर गेउरीया निवासी ३७ वर्षीय बुद्धिकुमार राजवंशी रहेका छन् ।
आइतबार साँझ साढे ७ बजेको समयमा आफ्नै घरको शौचालय जाने क्रममा राजवंशीलाई सर्पले बायाँ खुट्टाको गोली गाँठोमा डसेको थियो । उनलाई उपचारका लागि नेपाल रेडक्रस सोसाइटी उप–शाखा दमकमा लगिएको थियो ।
त्यहाँबाट थप उपचारको लागि सोमबार बिहान ७ बजे कोशी अस्पताल विराटनगर पुर्याउँदा डाक्टरले चेकजाँच उनको मृत्यु भइसकेको थियो । मृतक शवको कानुनी प्रक्रिया पूरा गरी झापा ल्याइएको प्रहरीले जनाएको छ ।