२०८२ माघ ५ गते , सोमबार

गुरुकुल वेद विद्याश्रम भद्रपुरले गर्‍यो महापुराणको हिसाब सार्वजनिक

sajilo news
झापा
२०८२ पौष २९ गते , मंगलबार
गुरुकुल वेद विद्याश्रम भद्रपुरले गर्‍यो महापुराणको हिसाब सार्वजनिक

भद्रपुर–६ स्थित श्री कृष्णद्वैपायन गुरुकुल वेद विद्याश्रमले आज ब्रम्हवैवर्त महापुराणको आय-व्यय विवरण सार्वजनिक गरेको छ । गत मंसिर १८ गतेदेखि २६ गते सम्म गुरुकुलले आफ्नै प्राङ्गणमा सञ्चालन गरेको ब्रम्हवैवर्त महापुराणको आय व्यय विवरण आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । 

गुरुकुलका संस्थापक अध्यक्ष गणेश भट्टराई, पूर्व अध्यक्षहरू राजेन्द्र चापागाईँ र रेमनाथ चुडालसहित कार्यसमितिका सदस्यहरू तथा संरक्षक सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।  गुरुकुलकी अध्यक्ष शान्ता भट्टराई बरालको अध्यक्षता र उपाध्यक्ष प्रेम भट्टराई र सचिव गोविन्द कोइरालाले सहजीकरण गरेको कार्यक्रममा अध्यक्ष बरालले ६५ लाख ३८ हजार ८ सय ४२ रुपैयाँको आय र १६ लाख १५ हजार ६ रुपैयाँको व्यय विवरण प्रस्तुत गरेकी थिइन् । 
प्राप्त विवरणमा खर्च कटाएर गुरुकुलको अक्षय कोषमा २४ लाख ४४ हजार ६ सय २ रुपैयाँ र पुराण सञ्चालन, सदस्यता शुल्क लगायतबाट २४ लाख ७९ हजार २ सय ३४ रुपैयाँ गरी ४९ लाख २३ हजार ८ सय ३६ रुपैयाँ बचत रहेको उनले जानकारी दिइन् । उनले पुराणमा सहयोग गर्नुहुने देश विदेशका दाता, सहयोगीहरू, समितिका सदस्य लगायतलाई धन्यवाद पनि दिइन् ।

सम्बन्धित समाचार